पूर्व उपरथी गायक भरतचन्द्र गुरुङको लोक–रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक

...

काठमाडौं पूर्व उपरथी तथा गायक भरतचन्द्र गुरुङको लोकरक गीतछ सलाम मायालाईसार्वजनिक गरिएको छ। लामा गुरुङ सेवा समाजको आयोजनामा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष ई. महेन्द्रबहादुर गुरुङको सभापतित्वमा गीतको भिडियो विमोचन गरिएको हो। गीतमा गौरव गुरुङको शब्द, मदनसिंह नेपालीको संगीत रहेको छ भने भिडियो निर्देशन मिलन मोक्तानले गरेका छन्।

कार्यक्रमको उद्घाटन समाजका संस्थापक तथा परिकल्पनाकार स्व. क्या. ईन्द्रजित गुरुङ र स्व. श्रीमती महालक्ष्मी गुरुङको तस्बिरमा माल्यार्पण गरी गरिएको थियो। कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, संगीतकार मिलन सिंह नेपाली, मिलन मोक्तान, पूर्व उपरथी डा. आशबहादुर तामाङलगायतको उपस्थिति थियो। समाजका उपाध्यक्ष तथा पूर्व उपरथी नवराज गुरुङले अतिथिहरुलाई स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन सचिव सञ्जु गुरुङले गरेकी थिइन्।

सो अवसरमा रचनाकार गौरव गुरुङ, संगीतकार मदनसिंह नेपाली, निर्देशक मिलन मोक्तान र पटकथाकार डा. आशबहादुर तामाङलाई सम्मान गरिएको थियो। मन्तव्यका क्रममा संगीतकार मदनसिंह नेपालीले गीतले जीवनमा उर्जा र मनोरञ्जन दिने बताए। निर्देशक मोक्तानले गायक गुरुङको उर्जाबाट प्रभावित भएर भिडियो निर्माण गरेको उल्लेख गरे।

कार्यक्रममा रुम्जाटार लामा गुरुङ समाजका चेलीज्वाइँ राजदेवी गुरुङ, तेजबहादुर गुरुङ, प्रेम कुमारी गुरुङ र कुलकुमार गुरुङलाई पनि सम्मान गरिएको थियो। गायक गुरुङले गीत निर्माणमा संलग्न सबैप्रति आभार व्यक्त गर्दैछ सलाम मायालाईस्वस्थ मनोरञ्जन र उत्साह दिने गीत भएको बताए। कार्यक्रमको समापन अध्यक्ष ई. महेन्द्रबहादुर गुरुङले सबै अतिथि र सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै गरेका थिए।