काठमाडौँ उपत्यकाका सिनेमा हलका लागि चलचित्र विकास शुल्क पोर्टल तालिम सम्पन्न

...

काठमाडौँ । चलचित्र विकास बोर्डले काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका सिनेमा हलहरूका लागि आयोजना गरेको चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी दुईदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

पौष २८ र २९ गते सम्पन्न तालिममा उपत्यकाका २७ वटा सिनेमा हलबाट ३८ जना प्रतिनिधिको सहभागिता रहेको थियो। तालिममा चलचित्र विकास शुल्कसम्बन्धी कानुनी व्यवस्था, डिजिटल पोर्टलको आवश्यकता, शुल्क व्यवस्थापनमा यसको प्रभावकारिता तथा पोर्टलको व्यवहारिक प्रयोगबारे जानकारी दिइएको थियो।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले डिजिटल प्रणालीमार्फत शुल्क संकलनलाई पारदर्शी र व्यवस्थित बनाउने बोर्डको लक्ष्य रहेको बताए। बोर्डले यसअघि विभिन्न प्रदेशमा यस्तै तालिम सम्पन्न गरिसकेको र आगामी माघ २ देखि ७ गतेसम्म गण्डकी प्रदेशमा तालिम सञ्चालन गर्ने जनाएको छ।