४५ दिनमै इन्डक्ल्याप, सुदूरपश्चिमको कथा लिएर ‘हन्टर’ पोस्ट–प्रोडक्सनतर्फ

...

काठमाडौं । सुदूरपश्चिमको भूगोल र त्यहाँका वास्तविक कथाबाट प्रेरित चलचित्रहन्टरछायांकन सम्पन्न भई पोस्टप्रोडक्सनतर्फ प्रवेश गरेको छ। एक्सनड्रामा जनरामा बनेको यस चलचित्रको छायांकन ४५ दिनमै सकिँदैइन्डक्ल्यापगरिएको हो।

पश्चिम नेपालका विभिन्न लोकेसनमा खिचिएकोहन्टरले क्षेत्रीय कथालाई मुख्यधारको सिनेमामा ल्याउने प्रयास गरेको निर्माणपक्षको भनाइ छ। चलचित्रका निर्देशक जीवन सिंहका लागि यो डेब्यू निर्देशन हो। उनी स्वयं लेखक र एडिटरसमेत रहेकाले फिल्ममा उनको व्यक्तिगत दृष्टिकोण र कथावाचन शैली देखिने अपेक्षा गरिएको छ।

हन्टररियल पात्रको कथाबाट प्रेरित भए पनि त्यसलाई फिक्सनाइज गरिएको निर्देशक सिंहले बताएका छन्। उनका अनुसार चलचित्र शुद्ध एक्सन मात्र नभई इन्टरटेन्मेन्टको प्याकेज हुनेछ। मुख्य भूमिकामा अरुण क्षेत्री देखिएका छन् भने प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीको पनि अभिनय रहेको छ।

कृष्ण थापाको छायांकन, शुक्रराज साहको एक्सन निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी तथा बाबुल गिरीको संगीत रहेको चलचित्र क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेको हो। ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता रोयल भिमसेन हुन्।

ममता सिंह, गोविन्द राज रोक्का र राज ए. भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सहनिर्माताका रूपमा छन्। चलचित्रको प्रदर्शन मिति भने पोस्टप्रोडक्सनका सबै काम सकिएपछि मात्र सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ।