नेपालमै पहिलोपटक डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु

...

काठमाडौँ । नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजनामा चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सहआयोजनामा उक्त तालिम सञ्चालनमा आएको हो।

म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियोसगरमाथामा नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ प्राविधिकहरूका लागि घनिभूत तालिम प्रदान गरिँदैछ। तालिम सञ्चालनका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डी विशेष रूपमा नेपाल आएका छन्।

भरत रेड्डीथ्री इडियट्स’, ‘सैयारा’, ‘पुष्पा’, ‘सितारे जमीन पर’, ‘थामा’, ‘धुरन्धरतथा आउन लागेकोटक्सिकजस्ता चर्चित चलचित्रहरूसँग जोडिएका अनुभवी साउन्ड इन्जिनियर हुन्। उनी डल्बी सर्टिफाइड ट्रेनर समेत रहेका छन्।

तालिम सुरु हुनुअघि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र बोर्ड सदस्य वीरेन्द्रप्रसाद भट्टले भरत रेड्डीलाई फूलको गुच्छा र Filming in Nepal पुस्तक प्रदान गर्दै औपचारिक स्वागत गरे। सो अवसरमा अध्यक्ष डिसीले सहभागी प्राविधिकहरूलाई सक्रिय रूपमा ज्ञान आर्जन गर्न शुभकामना दिँदै यस प्रकारको तालिमले नेपाली चलचित्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने विश्वास व्यक्त गरे।

डल्बीबाट सर्टिफाइड म्युजिक नेपालकोसगरमाथास्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो भने नेपालकै पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो।

घनिभूत तालिम सम्पन्न भएपछि स्टुडियोको औपचारिक उद्घाटन माघ २ गते पिङ्गलास्थान, गौशाला, काठमाडौँमा नेपाली चलचित्रकर्मीहरूको उपस्थितिमा गरिने म्युजिक नेपालले जनाएको छ। यो स्टुडियो सञ्चालनमा आएपछि नेपाली दर्शकले विदेशी चलचित्रसरह उच्चस्तरीय साउन्ड अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।