काठमाडौं । लोकदोहोरी संगीतका चर्चित जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ युट्युबमार्फत सार्वजनिक भएको छ । लक्ष्मणकै शब्द र संगीत रहेको गीतमा कल्पनाले स्वरमा साथ दिएकी छन् ।
गीतको भिडियोमा सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माको आकर्षक नृत्य देख्न सकिन्छ । अमृत लगुनको ¥याप आवाज समेटिएको गीतको भिडियो कार्टुन्ज क्रूका सरोज अधिकारीले निर्देशन गरेका हुन् । लोकदोहोरीलाई हिपहपसँग फ्युजन गर्दै डान्सिङ ट्र्याक शैलीमा भिडियो निर्माण गरिएको छ ।
लक्ष्मण–कल्पना युट्युब च्यानलबाट सार्वजनिक भएको गीतले रिलिजसँगै सकारात्मक प्रतिक्रिया पाएको छ । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका यो जोडीले गीतको कम्पोज पनि अमेरिकामै तयार पारेको हो ।
पाल्पाको रामपुर घर भएका लक्ष्मण पौडेल लोकदोहोरी क्षेत्रका स्थापित नाम हुन् । ‘हो माया ढाँटे मरिजाम’, ‘दुःखीको घर प¥यो रामपुर फाँटैमा’, ‘बेनीको बजार’ लगायत गीतमार्फत उनले ठूलो चर्चा कमाएका छन् । पछिल्लो गीत ‘उडी पुतली’ ले पनि दर्शकको मन जित्ने विश्वास कलाकारको छ ।







४ माघ २०८२, आईतवार १२:४१ 











