‘भाइरल गोर्खे’ टिम मोफसल यात्रामा

...

काठमाडौं । गत माघ १ गते माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएको सिनेमाभाइरल गोर्खेले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित निर्माण टिम अहिले मोफसल यात्रामा निस्किएको छ।

आइतबार पोखरा पुगेको निर्माण टिम आज चितवनमा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ। मोफसल यात्रामा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, अभिनेत्री सृष्टि श्रेष्ठ तथा निर्माता महेश लामिछाने सहभागी छन्। मोफसलमा दर्शकको राम्रो प्रतिक्रियाले सिनेमाले क्रमशः व्यापारिक रफ्तार लिने विश्वास निर्माण टिमले लिएको छ।

पोखरा र चितवनपछि निर्माण टिम बुटवल, नेपालगञ्ज, धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोडसम्म पुग्ने योजना रहेको निर्माता लामिछानेले बताएका छन्।

यसैबीचभाइरल गोर्खेको नयाँ गीत पनि सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिकडाँडा काँडा बन चाहारीबोलको गीतमा रोहित शाक्यको संगीत, जसोन कुँवरको शब्द रचना तथा त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर रहेको छ। गीतको भिडियोमा टिकटकमा भाइरल भएर गुमनाम बनेपछिको अवस्थालाई चित्रण गरिएको छ।

सामाजिक सञ्जालमा भाइरल बन्ने मुख्य पात्र सौगात मल्ल (गोर्खे) को संघर्ष र अनौठा हर्कतको कथा सिनेमामा देखाइएको छ। सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठको जोडी रहेको छ।

छड्के’, ‘लालपूर्जाछड्के २निर्देशन गरिसकेका निगम श्रेष्ठलेभाइरल गोर्खेनिर्देशन गरेका हुन्। समसामयिक र घरघरको विषय भएकाले दर्शकले सिनेमालाई मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक श्रेष्ठले बताएका छन्।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा बनेको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय रहेको छ।

सिनेमाका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् भने सहनिर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल छन्। अमर महर्जनको छायांकन रहेको यो सिनेमा लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो। वितरक सुनिल मानन्धर हुन् भने द्वन्द निर्देशन श्री श्रेष्ठ र सम्पादन बन्दे प्रसाद, रवि चौधरी तथा भीम विश्वकर्माले गरेका छन्।