काठमाडौं । चलचित्र ‘बिगुल’को नयाँ प्रदर्शन मिति तय गरिएको छ। कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार फिल्म अब फागुन १ गते देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
रमेश कोइरालाको निर्देशनमा बनेको यस चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्कालगायत नव–अभिनेत्री मीरा पण्डितको मुख्य भूमिका रहेको छ।
देशको वर्तमान राजनीतिक अवस्था, आम नेपालीको जनभावना तथा परिस्थितिसँग मिल्दोजुल्दो विषयवस्तु प्रस्तुत गरिएको फिल्मको गीत, टिजर र ट्रेलरले दर्शकको ध्यान खिच्दै आएको छ। दर्शकको प्रतिक्षामा रहेको ‘बिगुल’ काफिया फिल्म्स र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले वितरण गर्दैछन्।
फिल्ममा शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द निर्देशन तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ। गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ। पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्।







५ माघ २०८२, सोमबार १७:५४ 











