माघ १६ मा रिलिज हुँदै ‘द ब्ल्यू लाइट’ : अनुभवी कलाकारको मनोवैज्ञानिक थ्रिलर

...

काठमाडौं । आगामी माघ १६ गते प्रदर्शनमा आउन लागेको चलचित्रद ब्ल्यू लाइटअनुभवी र स्थापित कलाकारहरूको अभिनयका कारण दर्शकमाझ विशेष प्रतीक्षा गरिएको छ। साइकोलोजिकल थ्रिलर विधामा निर्माण भएको यो चलचित्रमा बेनिशा हमाल, महेश त्रिपाठी, अर्पण थापा, आयुष्मान देशराज जोशी र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको छ। साथै सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि अभिनय छ।

बलिराम चौहानको निर्देशनमा बनेको यो चलचित्र उनको पहिलो निर्देशकीय प्रयास हो। यसअघि उनले चिफ एडिटरको रूपमा थुप्रै चलचित्रमा काम गरिसकेका छन् र दसैँमा रिलिज भएकोबलिदानको निर्देशन टिममा समेत सहभागी थिए।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेकोद ब्ल्यू लाइटको ट्रेलर हालै सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन्। ट्रेलरले रहस्यमयी र अँध्यारो परिवेशमा आधारित कथा, सस्पेन्स र कलाकारहरूको सशक्त अभिनयलाई उजागर गरेको छ। बेनिशा हमालले निर्वाह गरेकोमायापात्र, अर्पण थापाको रहस्यमयी भूमिका र प्रहरी सोधपुछका दृश्यहरूले चलचित्रप्रति कौतुहलता बढाएको छ।

निर्देशक चौहानका अनुसार विषयवस्तु नयाँ नभए पनि प्रस्तुतिकरण फरक शैलीमा गरिएको छ। चलचित्रका कोप्रोड्युसर भोलानाथ कटुवाल र रमन ग्रे हुन् भने कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन्।