‘भाइरल गोर्खे’ भारतका विभिन्न सहरमा रिलिज हुँदै

...

काठमाडौं । गत माघ १ गतेदेखि नेपाली हलमा प्रदर्शनरत सिनेमाभाइरल गोर्खेअब भारतका विभिन्न सहरमा पनि रिलिज हुने भएको छ। शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्न लागेको यो सिनेमा भारतमा चाँडै प्रदर्शनमा ल्याउने तयारी भइरहेको निर्माण टिमले जनाएको छ।

निर्माता अमित श्रेष्ठका अनुसार भारतमा नेपाली सिनेमा रिलिज गर्दै आएको एक कम्पनीसँग मौखिक सहमति भइसकेको छ। भारत रिलिजको जिम्मा लिने व्यक्ति केही दिनमै नेपाल आएर लिखित सम्झौताको प्रक्रिया अघि बढाउने तयारीमा छन्। राजधानी दिल्लीसहित नेपाली भाषीको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्सियाङ, कालिम्पोङ र आसामका विभिन्न सहरमा सिनेमा प्रदर्शन हुने बताइएको छ।

नेपालमा दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएपछि भारतीय वितरकहरूले सम्पर्क गरेको निर्माण टिमको दाबी छ। विभिन्न हलमा टिकट बुकिङको अवस्था हेर्दा पनि दर्शकको चाप बढ्दै गएको देखिन्छ।

सामाजिक सञ्जालमा भाइरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतलाई कथावस्तु बनाइएको यस सिनेमामा सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी देख्न पाइन्छ। रोचक ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गरेको छ।

यसअघिछड्के’, ‘लालपूर्जाछड्के २निर्देशन गरिसकेका निगम श्रेष्ठलेभाइरल गोर्खेनिर्देशन गरेका हुन्। समसामयिक र घरघरको विषय भएकाले दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक श्रेष्ठले बताएका छन्।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय रहेको छ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको यस सिनेमाका सहनिर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन्। अमर महर्जनको सिनेमाटोग्राफी रहेकोभाइरल गोर्खेलम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो। सिनेमाका वितरक सुनिल मानन्धर हुन् भने द्वन्द्व निर्देशन श्री श्रेष्ठ र सम्पादन बन्दे प्रसादले गरेका छन्।