‘पूर्णबहादुरको सारङ्गी’को सफल जोडी अञ्जना–विजय ‘सिन्दुरे जात्रा’मा पुनः एकसाथ

...

काठमाडौं । ब्लकबस्टर चलचित्रपूर्णबहादुरको सारङ्गीपछि अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली फेरि एकपटक नयाँ चलचित्रसिन्दुरे जात्रामा जोडीका रूपमा देखिने भएका छन् । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रका लागि सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले मुख्य दुई कलाकारको औपचारिक अनुबन्ध गरेको हो ।

सिन्दुरे जात्राब्लकबस्टर निर्देशक सरोज पौडेलको निर्देशनमा बन्नेछ । विजय र अञ्जनाको यो सरोज पौडेलसँग दोस्रो सहकार्य हो । यसअघि उनीहरूले निर्देशक पौडेलकै चलचित्रपूर्णबहादुरको सारङ्गीमा अभिनय गरेका थिए, जुन नेपाली चलचित्र इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो । उक्त चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोडभन्दा बढीको व्यापार गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।

पूर्णबहादुरको सारङ्गीविजय बरालको करियरको टर्निङ पोइन्ट सावित भयो भने अञ्जना बराइलीले पनि सशक्त अभिनयमार्फत दर्शकको मन जितेकी थिइन् । पर्दामा उनीहरूको जोडीले पाएको अत्यधिक रुचिपछिसिन्दुरे जात्रामा पुनः यही जोडी दोहोरिनुले चलचित्रप्रति दर्शकको उत्साह अझ बढाएको छ ।

निर्देशक सरोज पौडेलका अनुसारसिन्दुरे जात्रामा कथा सुहाउँदो पात्र र कलाकार छनोटमा कुनै सम्झौता गरिने छैन ।विजय र अञ्जनालाई बजारको लोकप्रियताका कारण होइन, कथाले मागेकै कारण अनुबन्ध गरेका हौँ,” उनले भने, “चलचित्र राम्रो बनाउने हो भने पात्र र कलाकारबीचको मेल सबैभन्दा महत्वपूर्ण हुन्छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा स्वयं निर्देशक पौडेलकै हो । अन्य कलाकारहरू क्रमशः अनुबन्ध गरिँदै जाने निर्माणपक्षले जनाएको छ । आरआर फिल्म्सले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । चलचित्रको प्रदर्शन मिति भने हाल सार्वजनिक गरिएको छैन ।

५० करोड क्लबमा प्रवेश गरिसकेको सफल टिम फेरि एकसाथ आउन लागेपछिसिन्दुरे जात्रालाई लिएर चलचित्र क्षेत्र र दर्शकमाझ अहिलेदेखि नै ठूलो अपेक्षा र चासो देखिएको छ ।