अभिनेता शुशिल श्रेष्ठको प्रेम स्वीकारोक्ति, ‘हो, म प्रेममा छु’

...

काठमाडौं अभिनेता शुशिल श्रेष्ठले आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेका छन्। करिब एक दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले हालै आर्टिष्ट खबर मिडियासँगको कुराकानीमा आफ्नो व्यक्तिगत जीवनबारे खुलेर बोलेका हुन्।

अहिलेसम्म करिब ७ वटा चलचित्रमा अभिनय गरिसकेका शुशिल पछिल्लो समयएक्शन अभिनेताका रूपमा परिचित छन्। उनको अभिनय रहेको एक्शन चलचित्र परिवर्तन हाल सिनेमा हलमा प्रदर्शन भइरहेको छ। यही सन्दर्भमा गरिएको अन्तर्वार्तामा उनले केही समयदेखि प्रेममा रहेको स्वीकार गरे पनि प्रेमिकाको परिचय भने सार्वजनिक गर्न चाहेनन्। उनले भने, ‘हो, म प्रेममा छु, अहिलेलाई यत्ति भनौँ।’Anjana baraili and sushil shrestha

विगत १० वर्षदेखि निरन्तर नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका शुशिलले ‘होस्टल रिटर्न्स’, ‘सायद २’ र ‘लभ डायरीज’ जस्ता सफल चलचित्रमा काम गरिसकेका छन्। पर्दामा आक्रामक एक्शन छविमा देखिने शुशिलको यो व्यक्तिगत स्वीकारोक्तिले दर्शक र फ्यानहरूबीच थप चासो बढाएको छ।

Video Interview: