कुनै पनि कलाकार लक्की र अनलक्की भन्ने हुँदैनः अन्जना बराइली

...

काठमाडौं । नायिका अन्जना बराइलीले आफूलाई लक्की अभिनेत्री भन्दा राम्रो नलाग्ने बताएकी छिन् । आफूले गरेको कामको मुल्यांकन पनि हुनुपर्ने भन्दै लक्की अभिनेत्री भनिरहदा आफूलाई नराम्रो लाग्ने बताएकी हुन् । आर्टिष्ट खबर मिडियासँगको कुराकानीमा अन्जनाले भनेकी छिन्, ‘लक्की भनिरहदा यहि कुरा मात्र माथी आउँछ जस्तो लाग्छ, लकले मात्र फेबर गरिरहेको छ जस्तो सुनिन्छ । मैले कुनैपनि काम दिँदा त्यो चरित्रलाई न्याय दिने काम गरेकै जस्तो लाग्छ । अभिनयलाई दबाएर लकलाई माथी ल्याएजस्तो लाग्छ ।’ अन्जनाले भनेकी छिन्, ‘कुनैपनि कलाकार लक्की र अनलक्की भन्ने हुँदैन जस्तो लाग्छ । काम गर्ने क्षमताको हिसाबले एउटा चरित्र निभाउँदै गर्दा कत्तिको न्याय दिनसक्छ त्यो हिसाबले मुल्यांकन हुन्छ होला तर लक र अनलकको कुराले तराजुमा राख्नु हुँदैन । यस्तो भन्नु कलाकारप्रतिको अन्याय हो ।’

अन्जनाले नेपालमा सर्वाधिक आम्दानी गर्न सफल ‘पुर्ण बहादुरको सारंगी’ देखी, ‘महापुरुष’, ‘परान’ जस्ता सफल चलचित्रमा काम गरिसकेकी छिन् ।

Full Interview : Click Here