निर्वाचनका कारण चलचित्र ‘कल्ली’ को प्रदर्शन स्थगित, नयाँ मिति पछि घोषणा हुने

...

काठमाडौं । नेपाली चलचित्रकल्लीको तय गरिएको प्रदर्शन मिति स्थगित गरिएको छ। निर्माण टिमले आगामी फागुन १ गतेका लागि तय गरिएको सार्वजनिक प्रदर्शन हालका लागि रोकिएको जानकारी दिएको हो।

निर्माणपक्षका अनुसार हाल मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिरहेको संवेदनशील अवस्थामा रहेकाले राष्ट्रिय प्राथमिकतालाई सम्मान गर्दै यस्तो निर्णय लिइएको हो। विज्ञप्तिमार्फत निर्माण टिमले देशको भविष्यसँग जोडिएको यो महत्वपूर्ण समयमा सम्पूर्ण नागरिकको ध्यान राजनीति र निर्वाचनतर्फ केन्द्रित हुनु स्वाभाविक भएको उल्लेख गरेको छ।

पहिले देश, अनि मात्र कला र मनोरञ्जनभन्ने मान्यतालाई आत्मसात् गर्दै चलचित्रकल्लीको प्रदर्शन स्थगन गरिएको जनाइएको छ। निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भएपछि मुलुकमा सहज वातावरण बनेलगत्तै चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ।

केही समयको प्रतीक्षाले चलचित्रलाई अझ परिष्कृत र भव्य रूपमा दर्शकमाझ प्रस्तुत गर्न सहयोग पुग्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ। साथै, नेपाली चलचित्र र कला क्षेत्रप्रति दर्शक तथा सञ्चारकर्मीले देखाउँदै आएको निरन्तर समर्थनप्रति निर्माणपक्षले आभार प्रकट गरेको छ।

निर्माण टिमले राष्ट्रप्रतिको जिम्मेवारी बोध र दर्शकहरूको धैर्यताको कदर गर्दै अन्त्यमाजय देश, जय नेपाली चलचित्रभन्ने सन्देशसमेत दिएको छ।