अभिनेता अर्पण थापा भन्छन्– ‘द ब्लू लाइट’जस्ता चलचित्र सधैं बन्दैनन्

...

काठमाडौं । अभिनेता अर्पण थापाले चलचित्रद ब्लू लाइटजस्तो फरक स्वादको सिनेमा नेपाली फिल्म उद्योगमा कमै बन्ने बताएका छन्। चलचित्रको शुभमुहूर्त समारोहमा बोल्दै उनले यस्तो फिल्म बनाउन बलिराम चौहानजस्ता निर्देशकको आवश्यक पर्ने उल्लेख गरे।

“‘द ब्लू लाइटजस्तो चलचित्र हम्मेसी बन्दैन। यस्तो सिनेमा बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिन्छ,” अर्पणले भने, “सिनेमा त धेरै बन्छन्, तर यस्ता चलचित्र घरीघरी बन्दैनन्।चलचित्रका केही दृश्य र प्रस्तुतिले आफूलाई प्रभावित पारेको बताउँदै उनले फिल्म हेरेपछि दर्शकले धेरै नयाँ कुरा अनुभूति गर्ने दाबी गरे।

निर्देशक तथा लेखकसमेत रहेका भर्सटाइल अभिनेता अर्पण थापाको यो फिल्म साइकोलोजिकल थ्रिलर जनरामा निर्माण गरिएको हो।द ब्लू लाइटमा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् भने बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्।

माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन्। स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको यस फिल्मका सहनिर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् भने कार्यकारी निर्माता छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल हुन्। नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक छन्।