दर्शकको माया कमाएँ मेरो लागी त्यो नै ठुलो कुरा होः बल्छि धुर्बे

...

काठमाडौं । गएको माघ १ गतेबाट रिलिजमा आएको चलचित्र ‘गोबर गणेश’का लेखक, निर्देशक, निर्माता तथा कलाकार हुन् मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) । ‘गोबर गणेश’ले रिलिजको दोस्रोको अन्तिमसम्म लगभग सवा करोड रुपैंया आम्दानी गरेको छ । यो आँकडामा बल्छि धुर्बेलाई हामीले कत्तिको सन्तुष्टि हुनुहुन्छ भनेका सोधेका छौं । उनले आफू दर्शकको मायामा सन्तुष्टि भएको बताएका छन् ।
‘मेरो चलचित्र निर्माणमा पहिलो प्रयास हो, दर्शकको माया कमाएँ मेरो लागी त्यो नै ठुलो कुरा हो ।’ बल्छि धुर्बेले आर्टिष्ट खबरसँग कुरागर्दै भने, ‘दोस्रो साता पुरा हुन लाग्दा पनि हलहरुमा दर्शकको संख्या राम्रो छ, गाउँगाउँबाट गोबर गणेश हेर्न आइदिनुभएको छ, मेरोलागी यो भन्दा ठुलो कुरा के हुन सक्ला ।’

आम्दानीको आँकडाको कुरा गर्दा बल्छि धुर्बेले सोचेअनुरुप अझै हन नसकेको बताएका छन् । उनले अघि भनेका छन्, ‘दर्शकको संख्या अझै धेरै हुनुपर्ने हो सायद अहिले यो आगामी निर्वाचनका कारण पनि हुनसक्छ । तर पनि खुसी नै छु ।’
‘गोबर गणेश’मा बल्छि धुर्बेसँगै वर्षा सिवाकोटी, पुजन घिमिरे लगायतको मुख्य अभिनय छ ।

Podcast with Marichman Shrestha