सातौं ज्योती फिल्मस् म्युजिक अवार्डको तयारी पुरा, माघ २४मा पुलिस क्लबमा सम्पन्न हुँदै

...

काठमाडौँ । ज्योती फिल्मस् म्युजिक अवार्डको सातौं संस्करण यसपटक नेपालमै हुने भएको छ । बिगतका पाचौं र छैठौं संस्करण दुबईमा सम्पन्न भएको यस अवार्डको यसबर्ष भने नेपालमै भब्य रुपमा सम्पन्न हुने जनाइएको छ ।

आयोजक रोयल मुभिजका अनुसार यसबर्ष काठमाडौंको भृकुटिमण्डपमा रहेको पुलिस क्लबको हलमा भब्य रुपमा अवार्ड सम्पन्न हुनेछ । अवार्ड २९ बिधामा प्रदान गर्न लागिएको रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठले आर्टिष्ट खबरलाई जानकारी दिएका छन् । श्रेष्ठका अनुसार यसबर्ष नेपालमै अवार्ड गर्नुको उद्देश्य धेरैको गुनासो र आग्रह पनि हो । उनले भनेका छन्, ‘धेरैले नेपालमै अवार्ड समारोह गर्न आग्रह पनि गर्नुभयो । बिगतका दुईबर्ष बाहिर गरियो यसपटक नेपालमै गर्ने योजना बनाएका हौं ।’