अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानमा सहभागी दिनेश सिटौला अछाममा अचानक बेहोस भएपछि जिल्ला अस्पताल अछाममा उपचार गरिएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेश प्रसाद यादवका अनुसार अस्पताल ल्याउँदा सिटौलाको पल्स र रक्तचाप नै नदेखिएकाले ४५ मिनेटसम्म सीपीआर र डीसी शक दिएपछि मुटुको चाल फर्किएको हो।
अक्सिजनको मात्रा निकै कम रहेको र टाउकोमा चोट वा कार्डियाक अरेस्ट हुनसक्ने आशंकामा थप विशेषज्ञ उपचार आवश्यक ठहर गर्दै सिटौलालाई हेलिकोप्टरमार्फत काठमाडौं रेफर गरिएको अस्पतालले जनाएको छ। अहिले सिटौलालाई काठमाडौंको ग्राण्डी अस्पतालमा पुर्याइएको छ ।




१६ माघ २०८२, शुक्रबार १२:३७ 










