देशभर ‘कुमारी’को प्रदर्शन सुरु, दर्शकको प्रशंसासहित सुखद शुरुवात

...

काठमाडौंलामो प्रतीक्षा र चर्चा पछि नेपाली प्रेम कथानक चलचित्रकुमारीआज (शुक्रवार) देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजसँगै देशभरका हलबाट उत्साहजनक प्रतिक्रिया पाएको छ।

करीब २०० शोसहित हलमा प्रवेश गरेकोकुमारीले बिहानी शोमा दर्शकको उच्च उपस्थिती पाएको वितरकले जनाएका छन्। काठमाडौं उपत्यका तथा मोफसलका हलहरूमा दर्शकको उत्साह उल्लेखनीय रहेको छ। पहिलो शो हेरेका दर्शकहरूले नयाँ कलाकारहरूको काम र निर्देशकको प्रस्तुति प्रशंसा गरेका छन्। उनीहरूले नेपाली प्रेम कथामा बनेका चलचित्रमध्येकुमारीउत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्।

चलचित्रको निर्देशन प्रेम कथामा दक्ष दिनेश राउतले गरेका हुन्। चलचित्रमा प्रेम, मानवीय संघर्ष र पारिवारिक द्वन्द्वलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। यस चलचित्रमार्फत अविषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

निर्माता महेन्द्र अधिकारी र कार्यकारी निर्माता केदार भुसाल रहेको यस चलचित्रमा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गरेका हुन्। निर्माण पक्षले मौलिक कथा र उत्कृष्ट प्राविधिक पक्षमार्फत दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।