काठमाडौँ । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’लाई दर्शकको साथ मिलिरहेको छ । काठमाडौँसँगै मोफसलमा दर्शकको संख्या बढ्दै गएको र धेरै ठाउँमा हाउसफुलका साथ ब्यापार गरिरहेको निर्माण टिमले जनाएको छ ।
चलचित्रका मुख्य कलाकार पल शाहले फिल्मबारे दर्शकलाई भनेका छन्, सबै आमा–बुवा, दाजु–भाइ,दिदी बहिनी तथा साथीहरूमा मेरो एउटा सानो अनुरोध छ। मङ्गलबार नेपालगन्ज, दाङ, धरान, पोखरा, धनगढ़ी लगायत देशका धेरै सिनेमा हलहरूमा दिनभरिको सबै टिकटहरू सोल्ड आउट भइसकेका छन्। तपाईंहरू टाढा–टाढाबाट आएर टिकट नपाउँदा निराश भएर फर्किनुपरेको सुन्दा मलाई निकै दुःख लागेको छ।’
उनले घरबाट अर्थात काउन्टरमा टिकट कमफम गरेर मात्रै हलमा पुगिदिन आग्रह गरेका छन्। उनी दर्शकलाई अनुरोध गर्दै भन्छन्,‘कृपया घरबाट निस्किनुअघि आफ्नो टिकट कन्फर्म गरेर मात्र हलसम्म आइदिनुहुन हार्दिक अनुरोध गर्दछु।’
यो फिल्मले मंगलबार मात्रै तीन दर्शक हलमा हाउसफुल भएको पलले स्क्रिनसर्ट सहित सामाजिक सञ्जालमा पनि राखेका छन्। आमा बुबा र छोराबीचको घनिष्ट सक्बन्ध अनि परदेशिदाको पिडाले दर्शकलाई रुवाउन फिल्म सफल भएको छ। केहि दिनअघि निर्माण टिमले फिल्म हेर्दा दर्शक बिहोस् नै हुनु परेकाले माफी समेत मागेको थियो।
यसो त यो फिल्मले पछिल्लो फिल्मको भन्दा राम्रो कमाई गरिरहेको छ। साथै दर्शक हलमा तानिरहेको छ। निर्माण टिमले फिल्म प्रदर्शनको दशौँ दिनमा ५ करोड २० लाख भन्दा बढि ग्रस कलेक्सन गरेको जानकारी दिएको छ। साथै चलचित्र विकास बोर्डको नौ दिनको बक्स अफिस रिपोर्ट अनुसार ४ करोड ८० लाखभन्दा माथीको व्यापार हो। सुस्ताएको फिल्म बजारमा पल शाह,विपना थापा,प्रदीप रावतका साथै निर्देशक टिमको मेहनतले ‘आ बाट आमा’गज्जबको फिल्म दर्शकलाई पस्किएका छन्। देशभरका अधिकांश हलमा हाउसफुल रहेको यो फिल्मले अबको हप्ता झनै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।
यतिबेला फिल्मका अभिनेता पल शाह, सिम्रन पन्त, उषा उप्रेती लगायत निर्देशक चन्द्र पन्तको टिम दर्शक भेट्न विभिन्न जिल्ला हुँदै यतिबेला दाङ र नेपालगन्जका हलमा पुगेका छन्। त्यहाँ उनीहरुले दर्शकको प्रतिक्रिया लिइरहेका छन्। चन्द्र पन्तकै कथा रहेको यस यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत ९गजनी भिलेन०का अलवा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली, रचना गौतमको पनि अभिनय रहेको छ।
कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता रहेको यस पिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तले नै लेखेका हुन्। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको छन्। फिल्मका गीतमा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ।
नवराज उप्रेतीले खिचेको यस फिल्मको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गरेको छ। साथै डिजिटल अधिकारमा ओएसआर डिजिटलको रहेको छ ।







२८ माघ २०८२, बुधबार ११:४० 











