काठमाडौं । धरान र बुटवलपछि फ्रेन्ड्स सिनेमाज्ले तेस्रो शाखा रूपमा इलाममा आफ्नो हल विस्तार गरेको छ। इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारदेखि सञ्चालन हुने यो हल साढे तीन करोड लगानीमा तयार गरिएको हो।
फ्रेन्ड्स सिनेमाज्का निर्देशक आशिस एच तामाङका अनुसार एक स्क्रिन रहेको हलमा १९० सिट क्षमता छ। चलचित्र विकास बोर्डले सञ्चालन अनुमति दिइसकेको छ। यसअघि कम्पनीका हलहरू धरान र बुटवलमा सञ्चालनमा छन्।







२ फाल्गुन २०८२, शनिबार १२:०९ 











