काठमाडौं – चर्चित गायक तथा निर्माता रामकृष्ण ढकाल ले निर्माण गरेको नेपाली कथानक चलचित्र मालती मंगले को प्रदर्शन मिति औपचारिक रूपमा तय गरिएको छ।
निर्माण पक्षले सार्वजनिक गरेको जानकारी अनुसार चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर वैशाख २५ गते (मे ८) देखि नेपालभर एकसाथ प्रदर्शनमा आउनेछ। रिलिज मितिसँगै चलचित्रको आधिकारिक पोस्टर पनि सार्वजनिक गरिएको हो।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार विजय बराल र वर्षा राउत लाई प्रेमिल र आत्मीय भावमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको ग्रामीण परिवेशमा आधारित पारिवारिक प्रेमकथाको संकेत गर्छ।
चलचित्रका निर्देशक प्रकु पाण्डेय का अनुसार ‘मालती मंगले’ सबै उमेर समूहले परिवारसँगै बसेर हेर्न सकिने विशुद्ध नेपाली कथामा आधारित चलचित्र हो।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि. को ब्यानरमा युनी इन्टरटेनमेन्ट सँगको सहकार्यमा निर्माण भएको यस चलचित्रको डिजिटल वितरण ओएसआर डिजिटल ले गर्नेछ भने थिएटर वितरण आरआर फिल्म्स ले गर्नेछ।
निर्माण टिमले ‘मालती मंगले’ लाई नयाँ वर्षको मुख्य पारिवारिक रिलिजका रूपमा दर्शकमाझ ल्याउने तयारी गरिएको जनाएको छ।







३ फाल्गुन २०८२, आईतवार १६:५१ 










