काठमाडौँ – फागुन २९ मा प्रदर्शन हुन लागेको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानल मार्फत नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो।
गीतको भिडियोमा रोशनी र जीवनको रोमान्ससहित कथाका मुख्य दृश्यहरू देखाइएको छ। भिडियोमा रोशनीको चरित्रको यौन व्यवसाय र मानसिक द्वन्द्व प्रस्तुत गरिएको छ।
गायिका प्रीति कौर ले स्वर दिएको यो गीत रोशन मिराज, केएम जोशी र प्रीति कौर का शब्दमा तयार भएको हो। संगीत र एरेन्ज, मिक्सिङ, मास्टरिङ जोशी ले गरेका छन्। फिल्म रोशन मिराजको लेखन–निर्देशनमा बनेको हो भने शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलाल मुख्य भूमिकामा छन्। कार्यकारी निर्माता रीना लामा हुन् र नेसनल सिने ग्रुप नेपाल वितरण गर्दैछ।
फागुन २९ मा प्रदर्शन हुने ‘लालिमा’ हालको अवस्थामा प्रतिनिधिसभा चुनावपछिको पहिलो रिलिज फिल्म बन्नेछ।







४ फाल्गुन २०८२, सोमबार १७:१७ 










