रायन बस्यालको देशभक्ती गीत ‘जो आएनी आउ तर देश बनाऔँ’ सार्वजनिक

...

काठमाडौँ । यही २१ फागुनमा हुन गइरहेको संसदीय निर्वाचनलाई लक्षित गर्दै गायक तथा संगीतकार रायन बस्यालले नयाँ चुनावी गीत जो आएनी आउ तर देश बनाऔँ को भिडियो सार्वजनिक गरेका छन्। भिडियो काठमाडौँबाट सार्वजनिक गरिएको हो। गीतको शब्द, संगीत तथा स्वर स्वयं रायन बस्यालकै रहेको छ।

गीतमा समूह गायनतर्फ रेश्मा तामाङ, विमय बस्याल, सुस्मा विश्वकर्मा, नारायण राई, हुमेश भण्डारी र मिलन विश्वकर्माले साथ दिएका छन्। संगीत संयोजन विश्वास नेपालले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ विनोद परियारले गरेका छन्।

भिडियोको कोरियोग्राफी मुकेश नेपालीले गरेका छन्। निर्देशन स्वयं रायन बस्यालकै रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन सुरज कोइरालाले गरेका छन्।

भिडियोमा सुशीला थापा, सञ्चिता बोलखे, सञ्जना गुरुङ, अस्मिता रनपाल, दीपा रनपाल र अर्जुन खड्कालगायतको मुख्य भूमिका रहेको छ।

विभिन्न प्लेकार्डमार्फत सकारात्मक सन्देश प्रस्तुत गरिएको यो गीतले कुनै दल वा व्यक्ति विशेषलाई लक्षित नगरी देश र जनताको हित गर्ने योग्य प्रतिनिधि छान्नुपर्ने सन्देश दिन्छ। समग्रमाराम्रो मान्छेलाई चुनौँभन्ने भावनालाई गीतमार्फत उठाइएको रायन बस्यालले बताएका छन्।