मितज्यूको सुटिङ एक महिनामै सम्पन्न

...

काठमाडौं । निर्देशक अनिल बुढा मगरले फिल्म मितज्यूको छायांकन (सुटिङ) एक महिनामै सम्पन्न गरेका छन्।

वसन्त पञ्चमीको अवसरमा दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै सुरु गरिएको फिल्मको सुटिङ निर्धारित समयमै सकिएको निर्माता जनक घर्ती मगरले जानकारी दिए। उनका अनुसार कलाकार र प्राविधिक टिमको राम्रो समन्वयका कारण छायांकन सहज रूपमा सम्पन्न भएको हो।

दाङ र रोल्पाका विभिन्न स्थानमा खिचिएको यो फिल्म सामाजिक कथावस्तुमा आधारित छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगरलगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।

निर्देशक अनिल बुढा मगरले छायांकन निकै सहज र उत्साहजनक वातावरणमा सम्पन्न भएको बताए। यो उनको दोस्रो निर्देशकीय फिल्म हो। यसअघि उनले निर्देशन गरेको फिल्म घरज्वाइँ सफल भएको थियो। फिल्मका प्रोडक्सन म्यानेजर धनबहादुर राई हुन् भने मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई छन्।

प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे तथा कार्यशाला प्रमुख भोलाराज सापकोटा रहेका छन्। त्यसैगरी द्वन्द्व निर्देशन प्रभात विष्टले गरेका छन् भने साउन्ड डिजाइनर नवीन श्रेष्ठ हुन्। फिल्मको संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। गीतमा मेलिना राई र लक्ष्मी मल्लको स्वर रहने जनाइएको छ।