काठमाडौँ । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म परालको आगो को फस्ट लुक्स सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक पोस्टरमा मुख्य कलाकार सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत गम्भीर भावभंगिमामा देखिएका छन्, जसले फिल्म रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गर्छ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यो फिल्म हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको हो। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्रका मनोवैज्ञानिक संघर्ष प्रस्तुत गर्ने फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राइट OSR OTT ले लिएको छ।







१७ फाल्गुन २०८२, आईतवार ०८:२२ 











