काठमाडौँ । यहि बैशाख २५ गतेबाट रिलिज हुने तयारीमा रहेको गुरु आमा फिल्मका दुई पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पनि केहि पोस्टर भइसकेको यो फिल्मको अहिले सार्वजनिक दुई पोस्टरमा गुरुआमा र बिद्यार्थीको माया झल्काइएको छ । फिल्ममा गुरु आमाको रुपमा मिथिला शर्मालाई देख्न सकिन्छ । फिल्ममा मिथिलासँगै गौरी मल्ल, बुद्धि तामांग, टिका सानु लगायतको अभिनय रहेको छ ।
फिल्मका कथा, निर्देशक र निर्माण प्रेम सोनी सुनारको रहेको छ । फिल्मको ट्रेलर छिट्टै सार्वजनिक गरिने निर्देशक सुनारले आर्टिष्ट खबरलाई जानकारी दिएका छन् ।




३० फाल्गुन २०८२, शनिबार १२:१५ 











