‘हुम्लाको लिमी’ भन्दै ‘राम नाम सत्य’को गीतमा नाँचे विराज र खुशी

...

काठमाडौँ । फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले चर्चा पाइरहेको बेला अर्को गीत पनि सार्वजनिक गरिएको छ । ‘हुम्लाको लिमी’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द छ । रोमान्टिक शैलीको यो गीतको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नव–नायिका खुशी कार्कीले नृत्य गरेका छन् । यो गीतको छायांकन दैलेखमा गरिएको हो । माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको छ । उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको फिल्मका कार्यकारी निर्माताहरुमा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत छ । मानकृष्ण महर्जनकोे डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ । नवराज शर्मा यो फिल्मका मुख्य सहायक निर्देशक हुन् ।

यो फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको टिजरले पनि सामाजिक संजालमा दर्शकको मन जितिरहेको छ । लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको यो फिल्म प्रतिक्षामा छ । बक्स अफिसमा यो फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।