काठमाण्डौं – चलचित्र पत्रकार संघ नेपालका १५ जिल्लाका शाखा तथा ८ विदेशी शाखाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। संघका अध्यक्ष समीर बलामीले सबै प्रदेश र जिल्लामा शाखा रहेकाले संघको व्यापक पहुँच रहेको जानकारी दिएका छन्।
संघका अध्यक्ष बलामीका अनुसार, संघको गतिविधि केवल चलचित्र पत्रकारितामा मात्र सीमित नभई कला, साहित्य, गीत–संगीत, रंगमञ्च, मनोरञ्जन र अन्य सांगीतिक कार्यक्रममा पनि सक्रिय छ। यसरी संघले जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो संगठन विस्तार गर्दै आएको छ।
१०औं केन्द्रिय महाधिवेशन आगामी बैशाख ५ गते काठमाण्डौमा हुने तय भएको छ। यस महाधिवेशनमार्फत १७ सदस्यीय केन्द्रिय समिति आगामी तीन वर्षका लागि निर्वाचित हुनेछन्।
संघका विभिन्न शाखामा नयाँ कार्यसमिति चयन भइसकेको छ। कोशी प्रदेश शाखामा अध्यक्ष वीरेन्द्र शाह, उपाध्यक्ष रमेश तिवारी र गोमा धुंगाना, महासचिव विकल श्रेष्ठ, सचिव तुलसी प्रसाद निरौला र सोम सुनुवार तथा कोषाध्यक्ष गोपाल काफ्ले रहेका छन्। कास्की शाखामा अध्यक्ष सन्तोष बस्याल, उपाध्यक्ष गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सह–सचिव सिद्धार्थ गौतम र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ रहेका छन्। पर्सा शाखामा अध्यक्ष सूर्यनारायण बिक, उपाध्यक्ष आनन्द पटेल, सचिव रन्जन यादव, सह–कोषाध्यक्ष दिपु बर्माचल र कोषाध्यक्ष सवनम भट्टराई छन्।
सुनसरी शाखामा अध्यक्ष सुवास सङ्कल्प श्रेष्ठ, उपाध्यक्ष रविन राउत, सचिव मनोज दाहाल, सह–सचिव रश्मी थापा र कोषाध्यक्ष सुमित कार्की रहेका छन्। मकवानपुर शाखामा अध्यक्ष कपिल खड्का, उपाध्यक्ष रविन्द्र गौतम, सचिव मनोज देवकोटा, सह–सचिव मञ्जिता मैनाली र कोषाध्यक्ष सन्नु रिजाल रहेका छन्। मोरङ शाखामा अध्यक्ष प्रेम देवान निर्विरोध चयन भएका छन् भने ११ सदस्यीय कार्यसमिति पनि चयन भइसकेको छ।

चितवन शाखामा अध्यक्ष गोविन्द अर्याल, उपाध्यक्ष वन्दना देवकोटा, सचिव सुशिल पन्त, सह–सचिव आयुष न्यौपाने र कोषाध्यक्ष युवराज शर्मा रहेका छन्। ईलाम शाखामा अध्यक्ष अतित योङहाङ, उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सह–सचिव सृष्टि कुरुम्बाङ र कोषाध्यक्ष सरिना राई रहेका छन्। रूपन्देही शाखामा अध्यक्ष कृष्ण भण्डारी, उपाध्यक्ष कल्पना डुम्रे, सचिव प्रकाश पाण्डे, सह–सचिव राजिव भुसाल र कोषाध्यक्ष मनोज क्षेत्री रहेका छन्।
कैलाली शाखामा अध्यक्ष विवेक नागरी, उपाध्यक्ष रमा चन्द, सचिव लोकु सिंह ठकुरी, सह–सचिव यज्ञराज अवस्थी र कोषाध्यक्ष यमुना साउँद रहेका छन्। झापा शाखामा अध्यक्ष एकराज प्रधान, उपाध्यक्ष सुनिता तामाङ, सचिव सुरज प्रधान, सह–सचिव पृतम धमला र कोषाध्यक्ष अस्मिता साँखी चयन भएका छन्। सुर्खेत शाखामा (तदर्थ समिति) अध्यक्ष रमेशकुमार पाण्डे, उपाध्यक्ष अक्वर खान, सचिव मानबहादुर वली, सह–सचिव रमा केसी र कोषाध्यक्ष नविन सुवेदी रहेका छन्। बाँके शाखामा अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष समीर मान श्रेष्ठ, सचिव लक्ष्मी तिमिल्सेना, सह–सचिव रजनी योगी र कोषाध्यक्ष अमृता जैशी छन्। दाङ शाखामा अध्यक्ष निरला अर्याल, उपाध्यक्ष भुपेश वली, सचिव एकराज भण्डारी र कोषाध्यक्ष झग्गु भण्डारी चयन भएका छन्।
संघले आफ्नो संगठनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा फैलाएको छ र प्रभावकारी ब्रान्डिङ गर्दै विभिन्न गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ। संघले आफ्ना सदस्यहरूको लागि दक्षता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, कार्यशाला, राष्ट्रिय भेला, स्थापना दिवस, राष्ट्रिय कार्यशाला, कल्याणकारी कोष संचालन लगायतका कार्यक्रमहरू गर्दै आएको छ। यसमार्फत बिरामी सदस्यहरूलाई सहयोग प्रदान गर्नु, विषयगत र नीतिगत सल्लाह दिनु, बैठकमा आफ्नो बलियो उपस्थिती जनाउनु जस्ता गतिविधिहरू सञ्चालन भइरहेका छन्।
नेपालमा चलचित्र उद्योगलाई स्थापना गर्न संघले सक्रिय रूपमा सञ्चार माध्यमको सहयोगमार्फत महत्वपूर्ण भूमिका खेलेको छ। संघको यो संरचनागत विस्तारले चलचित्र पत्रकारिता र कला–संस्कृतिका गतिविधिहरूलाई राष्ट्रिय स्तरमा पनि निरन्तर सक्रिय राख्ने विश्वास व्यक्त गरिएको छ।




१० चैत्र २०८२, मंगलवार १३:५७ 









