निफको दोस्रो दिन : ֯शोले’ निर्देशक सिप्पी र महानायक हमालको संवाद, चिनियाँ र रुसी फिल्म प्रदर्शन

...

काठमाडौंनेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन शुक्रबार बलिउड फिल्मशोलेका निर्देशक रशेम सिप्पी र महानायक राजेश हमालबीचसिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँगशीर्षकको संवाद कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटन बोर्डको हलमा भएको यस कार्यक्रममा निर्देशक सिप्पीले फिल्मशोलेका विषयमा खुलेर कुराकानी गरेका थिए ।

लेखकद्वय सलीमजावेदले आफूलाई फिल्मशोलेनिर्देशन गर्न दिनुका कारणबारे उनले सेयर गरे, ‘उनीहरूसँग एउटा सानो आइडिया थियो । त्यो आइडिया पहिले अरु कसैको लागि थियो । उनले यो मेरो प्रकारको फिल्म होइन भनेर गरेनन् । त्यसपछि उनीहरूले मलाई एक आर्मी अफिसर र दुई अपराधीहरूको कथा सुनाए । म भाग्यमानी थिएँ कि मसँग ती दुई अद्भुत लेखकहरू थिए र हामीले यस्तो स्क्रिप्ट तयार गर्न सक्यौं जसमा सबै तत्वहरू थिए ।

महानायक हमालले फिल्मका सबै पात्रसहित घोडाकोसमेत नाम दर्शकलाई याद हुने गरी अद्भुत फिल्मशोलेनिर्देशन गरेको भन्दै सिप्पीको प्रशंसा गरे । स्क्रिप्ट तयार भएको ६ महिनामा छायाङ्कन सुरु भएको सिप्पीले सुनाए । उनका अनुसार यो फिल्म एक करोड बजेटमा सक्ने योजनाका साथ १९७३ अक्टोबर २ छायाङ्कन सुरु भएको थियो ।

उनले थपे, ‘तर बन्दै जाँदा यो ३ करोड पुग्यो । मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको थियो ।

हमालले सिप्पीलाईयो फिल्म असफल भएको भए के हुन्थ्यो ?’ भन्ने प्रश्न गरे । सिप्पीले भने, ‘म यहाँ (निफमाहुँदैन थिएँ ।

करिब १ घण्टा हमाल र सिप्पीबीच संवाद भएको थियो ।

त्यस्तैआजबाट निफ अन्तर्गत रहेररसियन फिल्म डेजपनि सुरु भएको छ । फिल्मअगस्टप्रदर्शन गरी यस कार्यक्रमको सुरुवात गरिएको हो । सिजाङ प्यानोरोमा अन्तर्गत चिनियाँ फिल्महरूको स्क्रिनिङ पनि शुक्रबारबाटै सुरु भएको छ । यसको उद्घाटन कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा भएको थियो ।

निफको तेस्रो दिन शनिबारका गतिविधि सिभिल मलछाया सेन्टररसियन हाउस र पर्यटन बोर्डमा हुनेछ । अन्य स्थानमा फिल्म स्क्रिनिङ र बोर्डमा अन्तर्क्रियात्मक कार्यक्रम हुनेछन् ।