काठमाडौँ । नयाँ गीत ‘मनमा आशा’ सार्वजनिक गरिएको छ । गीतमा सुरेश लामाको स्वर छ भने हरि पाण्डेको शब्द र संन्जय पाण्डेयको संगीत रहेको छ । संगीत संयोजन भने प्रदीप श्रेष्ठले गरेका छन् ।
गीतको भिडियोमा हरि पाण्डे र तनुजा गुरुङको अभिनय रहेको छ । गीतको अडियोको माग अनुसार भिडियो निर्माणलाई उत्कृष्ट बनाइएको छ । मोडल हरि र तनुजालाई भिडियोमा प्रेमिल जोडीको रुपमा प्रस्तुत गरिएको छ । भिडियो पोखराको रमणीय स्थानहरुमा खिचिएको हो ।
भिडियोको डिओपी र सम्पादनको काम राजेन्द्र पाण्डेले गरेका हुन् भने निर्देशक सन्जय पाण्डे हुन् । भिडियोमा कमल मालपानीको लगानी छ । भिडियो बेष्ट टोन म्युजिकको युट्युवमार्फत हेर्न सकिन्छ ।




२२ चैत्र २०८२, आईतवार १३:५० 










