काठमाडौँ । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले अभिनय गरेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘नाँच्छु रोधी घरैमा’ बोलको गीत ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रतिक्षा गुरुङको स्वर रहेको छ भने शब्द एकनारायण भण्डारीको छ । संगीत दिनेकाम दिपक शर्माले गरेका छन् भने एरेन्ज नरेन्द्र बियोगीले गरेका छन् ।
भिडियोको सुरुवातमा राजेश र करिश्माको सम्वाद पनि राखिएको छ । खिम बहादुर थापा निर्माता रहेको यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । देवेन्द्रउनले राजेश हमाललाई लिएरै दर्जन माथी भिडियो निर्देशन गरिसकेका छन् । कुनैसमय राजेश हमालको पछाडी बसेर कोरसमा नाँचेका देवेन्द्रले अहिले म्युजिक भिडियोहरु निर्देशन गर्नेगर्छन् ।
उत्सव दाहालले खिचेको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन् । निर्देशक पाण्डेका अनुसार यो भिडियो गएको निर्वाचन भन्दा अगाडी खिचिएको थियो र अहिले सार्वजनिक गरिएको हो । यस्तै ३ बर्षअघि पनि राजेश र करिश्मालाई नै अभिनय गराएर देवेन्द्रले नै एक म्युजिक भिडियो बनाएका थिए ।




३ बैशाख २०८३, बिहीबार १६:४२ 










