वैशाख २५ मा आउने ‘गुरु आमा’को टिजर सार्वजनिक

...

काठमाडौँ । यहि बैशाख २५ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्म ‘गुरु आमा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार प्रेम सोनी सुनार युट्युव च्यानलमा सार्वजनिक गरिएको टिजरमा फिल्मको कथाको सार भेट्न सकिन्छ । फिल्मले एक गुरुले दिने सन्देश र बिद्यार्थीहरुको कथालाई उठाएको छ । टिजरमा फिल्मका सबैजसो कलाकारलाई देख्न सकिन्छ ।

फिल्मका यसअघि पोस्टर सार्वजनिक भइसकेका छन् । फिल्ममा गुरु आमाको रुपमा मिथिला शर्मालाई देख्न सकिन्छ । फिल्ममा मिथिलासँगै गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु लगायतको अभिनय रहेको छ ।

फिल्मका कथा, निर्देशक र निर्माण प्रेम सोनी सुनारको रहेको छ । फिल्मको ट्रेलर छिट्टै सार्वजनिक गरिने निर्देशक सुनारले आर्टिष्ट खबरलाई जानकारी दिएका छन् ।