एलिना चौहानको ‘मेरो बैंशले’ गीतमा अस्ट्रियाकी सब्रिनाको डान्स

...

काठमाडौँ । अस्ट्रियाकी सब्रिनाले नेपाली गीतमा डान्स गरेकी छिन् । एलिना चौहानको स्वरमा रहेको ‘मेरो बैंशले’ बोलको गीतको भिडियोमा सब्रिनाको बोल्ड नृत्य देख्न सकिन्छ । एकदिन अघिमात्रै ‘ब्लोसम बिरेन्द्र ढकाल’को युट्युव च्यानल गीतको भिडियो सार्वजनिक गरिएको छ ।
भिडियोमा सब्रिनासँगै नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । त्यसो त यो गीत सबै नेपाली टिमले बनाएको हो । गायिका एलिना चौहान, शब्द संगीत एरेन्जर बादल थापा र मिक्स मास्टरिङ रबि सुनारले गरेका हुन् । यस्तै भिडियोमा पनि सब्रिनासँगै चर्चित अभिनेता रबि गिरी र ओमप्रकाश ढकालको अभिनय छ । यो गीतको भिडियो पनि सबै नेपालमै खिचिएको हो । अस्ट्रियाकी सब्रिना पनि यतिबेला नेपालमै छिन् । उनी आजै अस्ट्रिया फर्कदै छिन् । उनले आफ्नो नाम सब्रिना ढकाल लेख्ने गर्छिन् । उनले नेपाली युवक ओम प्रकाश ढकालसँग बिहे गरेकी हुन् । त्यसैले उनले आफ्नो नाममा ढकाल थपेकी हुन् ।

अहिले उनीहरु श्रीमान श्रीमती नै यो भिडियोमा देखिएका छन् । अहिले नेपाल आएको समयमा उनीहरुले यस मेरो बैंशले बोलको गीतमा काम गरेका हुन् । सब्रिनाले अभिनय गरेको यो पहिलो नेपाली गीत हो । यो भन्दा अघि उनले ‘मेरा नाम’ बोलको एक हिन्दी गीतमा अभिनय गरेकी थिइन् ।
भिडियोमा जेरी भण्डारीको निर्देशन र कोरियोग्राफी रहेको छ । भिडियो खिच्ने र सम्पादन गर्ने काम पवन सुस्लिङको टिमले गरेको छ । भिडियो हेर्नेको संख्या बढ्दै पनि छ । जतिले हेरेका छन् अधिकांशले निकै राम्रो भन्दै प्रतिक्रिया दिइरहेका छन् ।