मानसिक सन्तुलन गुमाएर सडकमा बेवारिसे जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापनामा सक्रिय ‘नेपाल स्नेही काख’ले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। World Book of Records London ले संस्थाकी सञ्चालिका श्रीनेहा पोखरेल र उनको टिमलाई विशेष अवार्ड प्रदान गर्दै लामो समयदेखि गर्दै आएको मानवीय सेवाको कदर गरेको हो। संस्थाले सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकहरूलाई गास, बास, कपाससँगै स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ।
यो सम्मान बिहीबार काठमाडौँस्थित Yak & Yeti Hotel मा आयोजित भव्य समारोहबीच प्रदान गरिएको हो, जहाँ बेलायत, भारत र नेपालसहित विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सामाजिक सेवा, मानवता र नेतृत्वका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सो कार्यक्रममा सम्मान गरिएको थियो।
सम्मान ग्रहण गर्दै श्रीनेहा पोखरेलले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण टिम, सहयोगी र शुभेच्छुकहरूको साझा प्रयासको परिणाम भएको बताइन्। उनले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘नेपाल स्नेही काख’को अभियानले उपेक्षित र असहाय वर्गका लागि आशाको किरण बनेको उल्लेख गरिन्।





२१ बैशाख २०८३, सोमबार १७:४८ 










