‘मन विनाको धन २’ मा पुजा पछि महेश त्रिपाठी जोडिए

...

काठमाडौँ । गायक तथा संगीतकार टंक वुढाथोकीको दोस्रो निर्देशकिय फिल्म ‘मन विनाको धन २’मा नायक महेश त्रिपाठी पनि अनुवन्धित भएका छन् । टंकले महेशसँग कागजी संझौता गरिसकेका छन् । यो भन्दा अघि नायिका पुजा शर्मालाई अनुबन्ध गरिएको थियो भने अन्य कलाकारहरु छनौट प्रक्रियामै छन् ।

महेश र पुजाको भूमिका फिल्ममा के हो भन्ने खुलेको छैन । तर, एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बनाउने तयारी टंकको छ । फिल्ममा पूजा र महेशको जोडी बाधिने हो या होइन भन्ने बिषयमा निर्माणपक्षले केही पनि बोलेको छैन । फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम यो फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ ।
टंकले फिल्मको सबै पात्रमा नाम चलेका र दर्शकले रुचाएका कलाकारलाई अनुवन्धित गर्ने योजना रहेको सुनाए । टंक वुढाथोकी फिल्मस्को व्यानरमा यो फिल्म बन्न लागेको हो ।
यो फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।