काठमाडौं । शंकर पाण्डे ‘मुक्ति’को प्रस्तुति रहेको नयाँ गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । मानव सेवा आश्रममा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।
गीतमा प्रमोद खरेलको स्वर, सन्तोष श्रेष्ठको संगीत र मुक्तिकै शब्द रहेको छ । माधवराज खरेल निर्देशित भिडियोमा दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरेलगायत कलाकारको अभिनय रहेको छ । गीतले पारिवारिक सम्बन्ध, जीवन र सामाजिक उत्तरदायित्वको भाव प्रस्तुत गरेको निर्माण टिमले जनाएको छ ।





१४ जेष्ठ २०८३, बिहीबार १४:५४ 










