काठमाडौं । अल माहारा ब्युटि एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव (फर्स्ट एनिभर्सरी) मंगलबार एक विशेष कार्यक्रमका बीच मनाएको छ। एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा केक काट्दै संस्थाले सेवाग्राही र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रममा एकेडेमीकी सञ्चालिका राधा केसीले एक वर्षको यात्रामा विश्वास गर्ने सबै सेवाग्राहीप्रति धन्यवाद व्यक्त गर्दै संस्थालाई अझ गुणस्तरीय र रोजगारमुखी बनाउने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रकी चर्चित कलाकारहरू सम्झना बुढाथोकी, अन्जु निरौला, पुजना प्रधान र बिना राउतको उपस्थिति रहेको थियो। उनीहरूले अल माहारा ब्युटि एकेडेमीबाट निरन्तर सेवा लिइरहेको र राम्रो सेवा पाएको भन्दै खुशी व्यक्त गरेका थिए। साथै, दीर्घकालसम्म लाखौं सेवाग्राहीको मन जित्न सफल होस् भन्ने शुभकामना दिएका थिए।
सञ्चालिका केसीले एकेडेमीमा विभिन्न ब्यूटी सम्बन्धी कक्षाहरू सञ्चालन भइरहेको जानकारी दिँदै यहाँबाट प्रशिक्षण लिनेहरूका लागि विदेशमा १०० प्रतिशत रोजगार अवसर रहेको दाबी गरिन्। उनका अनुसार पुरुष र महिला दुवैका लागि प्रशिक्षण तथा सेवा उपलब्ध छन्, किनकि यो एक युनिसेक्स सलोनको रूपमा सञ्चालन भइरहेको छ। एकेडेमी काठमाडौंको सिनामंगल पुल नजिक अवस्थित छ।
केसीले अल माहारा बहराइनस्थित एक एजेन्सी कम्पनीसँग सहकार्यमा सञ्चालन भइरहेको उल्लेख गर्दै उक्त साझेदारीमार्फत प्रशिक्षित जनशक्तिलाई विभिन्न देशमा रोजगारीको अवसरसहित पठाइँदै आएको बताइन्। उनले हाल धेरै प्रशिक्षित व्यक्तिहरू विदेशमा सफलतापूर्वक कार्यरत रहेको समेत जानकारी दिइन्। एकेडेमीकी म्यानेजर उषा खतिवडाले पछिल्लो समय आफ्नो एकेडेमीमा तालिम लिन आउनेहरुको संख्या बढ्दै गएको बताइन् । उनका अनुसार सेवा लिनेसँगै तालिमलिनेहरुको संख्यामा बृद्धि भइरहेको छ ।





१९ जेष्ठ २०८३, मंगलवार १६:४८ 










