थारू साहित्यिक प्रकाशनको बजारीकरण गर्न दोस्रो थारु साहित्यिक मेला हुने

फागुन, काठमाडौं । यहि आउँदो चैतको १८ देखी २० गतेसम्म धनगढी–७ स्थित पटेला गाउँमा  दोस्रो थारु साहित्यिक मेला हुने भएको छ । थारु लेखक संघको आयोजनामा टीकापुरमा फागुन १४ गते भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो ।

थारू लोक साहित्य तथा आधुनिक साहित्यको अवस्था विकास गर्नका लागि अबलम्बन गर्नुपर्ने उपाय पहिचान गर्ने, थारू मानक भाषाबारे सहभागीबीच मतएक्यता बनाउन सहयोग पु¥याउने, थारू भाषा र साहित्य सम्बन्धमा अन्तरक्रिया गर्ने र थारू साहित्यिक प्रकाशनको बजारीकरण गर्न मद्धत पुर्याेउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताइएको छ ।

थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीको अध्यक्षतामा भएको तयारी बैठकमा दाङ, बर्दिया, कैलालीका साहित्यकारहरुको सहभागिता थियो । साहित्यिक मेलामा नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्मका भाषा समूह मिल्ने २ सय साहित्यकारलाई सहभागी गराउने लक्ष्य राखिएको छ ।

पहिलो थारु साहित्यिक मेला दाङको घोराहीमा गत २०७३ वैशाख ३ र ४ गते भएको थियो। अब थारु साहित्यिक मेला हरेक वर्ष गर्दै जाने लक्ष्य राखिएको जानकारी संघका अध्यक्ष सर्वहारीले दिए ।