काठमाडौँ । राष्ट्रिय चलचित्र पुरस्कार २०८३ सम्पन्न भएको छ । व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न ८ विधामा पुरस्कार प्रदान गरिएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।
अवार्ड तथा सम्मान पाउने कलाकर्मीहरुको नाम लिस्ट यसप्रकार रहेको छ ।
राष्ट्रिय चलचित्र पुरस्कार (८ विधा)
- उत्कृष्ट चलचित्र – ऊनको स्वीटर
- उत्कृष्ट निर्देशक – नवीन चौहान (ऊनको स्वीटर)
- उत्कृष्ट अभिनेत्री – मिरुना मगर (ऊनको स्वीटर)
- उत्कृष्ट अभिनेता – नीर शाह (परान)
- उत्कृष्ट पटकथा – याम थापा र दीपक आचार्य (परान)
- उत्कृष्ट छायांकन – कोशेढुंगा
- उत्कृष्ट सम्पादन – नहकुल खड्का (कोशेढुंगा)

दीर्घ साधना सम्मान
- मदनकृष्ण श्रेष्ठ (रु. ३ लाख ७५ हजार नगदसहित)
जूरी प्रोत्साहन पुरस्कार
- आना शर्मा – रमिताको पिरती
- बिमोचन दवाडी – झरी पछिको इन्द्रेणी

विशेष चलचित्र पुरस्कार
- विशेष चलचित्र पुरस्कार २०८२ – नामछोङ (लिम्बु भाषाको फिल्म)
- उत्कृष्ट आदिवासी फिल्म – इन्दिरा धिमे मैचा (नेवारी फिल्म)

विशेष योगदान सम्मान (११ जना)
- विष्णु गोपाल श्रेष्ठ (प्रदर्शक)
- डा. सिंह गुरुङ (प्रदर्शक)
- मेनुका प्रधान (अभिनेत्री)
- अभिनाश विक्रम शाह (निर्देशक)
- रोहित रुम्बा (अभिनेता)
- प्रकाश सुवेदी (सञ्चारकर्मी)
- एन्जिला तुम्बापो सुब्बा (अभिनेत्री तथा खेलाडी)
- लक्ष्मी बर्देवा (अभिनेत्री)
- विनोद शेरचन (निर्माता)
- शंकर पाण्डे (प्राविधिक)
- दिनेश सिटौला (पत्रकार, मरणोपरान्त)

🎤 अतिथिहरूले बोलेका मुख्य हाइलाइट्स
राष्ट्रपति रामचन्द्र पौडेल
- पुरस्कारले सर्जकलाई अझ जिम्मेवार र ऊर्जावान बनाउँछ।
- चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई मौलिक संस्कृति संरक्षण गर्ने महत्वपूर्ण माध्यम हो।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना
- कुनै पनि देशको संस्कृति र पहिचान बुझ्न त्यस देशको फिल्म हेर्नुपर्छ।
- चलचित्र समाजलाई जोड्ने शक्तिशाली माध्यम हो।
- “राजनीतिले विभाजन ल्याउँछ, तर कलाकारको कलाले समाजलाई जोड्छ।“
- कलाकारहरू मनोरञ्जनकर्मी मात्र नभई सांस्कृतिक दूत र संस्कृतिका संवाहक हुन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी
- नेपाली चलचित्रले अब सांस्कृतिक योगदानसँगै आर्थिक योगदान पनि गर्ने विश्वास व्यक्त गरे।
- संसदमा विचाराधीन चलचित्र विधेयकमा वैदेशिक लगानीको व्यवस्था पनि समेटिने प्रतिबद्धता जनाए।
- अर्को वर्षदेखि ‘उदीयमान कलाकार’ र ‘साउण्ड डिजाइनर’ गरी दुई नयाँ पुरस्कार विधा थपिने जानकारी दिए।
तस्बिरः बद्री थापा ।





५ असार २०८३, शुक्रबार १७:२८ 










