ममता र सम्झनालाई मिस एण्ड मिसेस काभ्रेको उपाधि

फागुन, काभ्रे । काभ्रे जिल्लामै पहिलो पटक आयोजना भएको ‘मिस काभ्रे आइडल २०१७’ को उपाधी ममता तामाङले जितेकी छिन् । निर्णायक मण्डलकी प्रमुख आरजे कला सुब्बाले सोधेको अन्तिम प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधी आफ्नो पोल्टामा पारेकी हुन् ।

यस्तै, यो प्रतियोगीतामा रुक्साना कार्कीले फस्ट रनरअप र निकिता मानन्धरले सेकेन्ड रनरअपको उपाधी जितेकि छिन् । एमाजोन इन्टरटेन्मेन्टले महिलाहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरेको यो प्रतियोगीता ‘मिसेस काभ्रे आइडल २०१७’ को उपाधि भने संझना लामाले जितेकी छिन् ।

यस्तै, यो प्रतियोगीताको फस्ट रनरअपको उपाधी गोमा थापा सिंह र सेकेन्ड रनरअपको उपाधी जुनी श्रेष्ठको पोल्टामा गयो । विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले ‘मिसेस काभ्रे आइडल २०१७’ को आयोजना गरिएको थियो । हिमानी सुब्बाले कोरियोग्राफी गरेकी उक्त प्रतियोगीतको निर्णायक मण्डलमा नायिका मेलिना मानन्धर, नायक गजित बिष्ट, दिक्पाल कार्की, ब्यूटिसियन कमला अधिकारी रहेका थिए ।