बुनु र योगेन्द्रको ‘अरू कोही’ गीत सार्वजनिक

...

काठमाडौँ । ‘अरू कोही’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा योगेन्द्र उपाध्यायको संगीत, प्रशान्त सिवाकोटीको शब्द र संगीतकार उपाध्याय र बुनु परियारको स्वर रहेको छ ।

संगीतकार संघका अध्यक्ष अष्ट लामा, उपाध्यक्ष शंकर थापा स्माइल, गीतकार डिपी खनाललगायत गीत संगीत क्षेत्रका बिभिन्न ब्यक्तिहरुले गीत सार्वजनिक गरेका हुन् । काार्यक्रममा बोल्दै उनीहरुले शब्द, संगीत र स्वर तिनै पक्षको खुलेर प्रसंसा गरेका थिए । साथै अडियोसँगै भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको अतिथीहरुको भनाई छ ।

प्रेमभाव र भावनात्मक अनुभूतिलाई समावेश गरिएको गीतको भिडियोलाई सुरज तामाङले निर्देशन गरेका छन् । भिडियोमा योगेश दाहालको छायाङ्कन, सम्पादन तथा कलर ग्रेडिङ रहेको छ । भिडियोमा गायक उपाध्याय र गायिका परियारलाई नै फिचर्ड गरिएको छ ।

सिक्किमकी लोकप्रिय गायिका बुनु परियार आफ्नो मधुर गायन शैलीका लागि परिचित छिन् । उनी द भ्वाइस अफ नेपाल सिजन ७ मा सहभागी हुँदै नेपाली संगीतमाझ चर्चित छिन । त्यसैगरी, योगेन्द्र उपाध्याय गायक तथा सङ्गीतकारका रूपमा नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनी द भ्वइस अफ नेपाल को म्युजिक एडभाइजरको भूमिकामा समेत आबद्ध छन् । गीतका शब्दकार प्रशान्त शिवाकोटी पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा अत्यन्त व्यस्त र चर्चित स्रष्टाका रूपमा परिचित छन् ।