लक्ष्मी आचार्यको ‘लगा लगा जोरका झट्का’मा पल शाह र मन्दिराको जोडी

...

काठमाडौँ । नेपाली सांगितीक क्षेत्रमा लामो समयपछि गायिका लक्ष्मी आचार्यले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् । सार्वजनिक लगा लगा जोरका झट्का’गीत उनले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतमा लक्ष्मीसँगै विशाल सोनीको स्वर रहेको छ । गीतमा बिशालकै संगीत पनि छ । गीतमा शब्द भने नेत्र अर्यालको छ ।
एचबीएन किस्मतले संगीत संयोजन (एरेन्ज) गर्ने काम गरेका हुन् ।

गीतको भिडियोमा भने लोकप्रिय नायक पल शाहको दमदार नृत्य देख्न सकिन्छ । पलसँगै भिडियोमा नवमोडल मन्दिरा राईगाईको नृत्य देख्न सकिन्छ । साथै गायिका लक्ष्मीपनि भिडियोमा फिचर्ड छिन् । गीतकी नवमोडल मन्दिराको यो पहिलो भिडियो हो । पल शाहले दमौली महोत्सवमा पुग्दा स्टेज अगाडी नाचिरहेको देखेपछि स्टेजमै बोलाएका थिए । उनै मन्दिरा र पल शाहको भिडियो भाइरल पनि बनेको थियो । साथै मन्दिराको एउटा भिडियोमा खेल्ने ठुलो इच्छा थियो र त्यो इच्छालाई पलले पुरा गरिदिएका हुन् । पलका अनुसार गायिका लक्ष्मी र गायक बिशालसँगको समन्वयनमा मन्दिरालाई भिडियोमा राखिएको हो ।

भिडियोको निर्देशन कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले गरेका हुन् । गाउँले परिवेश र आधुनिक शैलीको फ्युजन देखाइएको यस भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ । भिडियोमा ट्र्याक्टरको प्रयोग र प्राकृतिक सुन्दरतालाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । गायिका लक्ष्मीका यस अघिका ‘ए मेरी भाउजू’, ‘कालो टिको’, नौली हदेल’ लगायत थुप्रै गीत हिट छन् ।