‘द भ्वाइस किड्स’मा आर्मोन कार्कीको दमदार प्रवेश, अर्जुन सापकोटाको टिममा छनोट

...

काठमाडौं ।द भ्वाइस किड्स सिजन ५मा हेटौंडाका ११ वर्षीय आर्मोन कार्की ब्लाइन्ड अडिसन पार गर्दै अर्को चरणमा प्रवेश गरेका छन्। आर्मोनले स्वरसम्राट नारायण गोपालको चर्चित गीतवीरताको चिनो, वीरको सन्तानप्रस्तुत गर्दै कोच मिलन नेवार र अर्जुन सापकोटालाई कुर्सी फर्काउन बाध्य पारे। अन्ततः उनले अर्जुन सापकोटाको टिम रोजे।

कक्षा ६ मा अध्ययनरत आर्मोन सानैदेखि गायनमा सक्रिय छन्। उनी विद्यालय, जिल्ला र प्रदेशस्तरीय प्रतियोगितामा विभिन्न पुरस्कार जितिसकेका छन्। गायनसँगै गिटार, हार्मोनियम र पियानो बजाउन तथा चित्रकला पनि उनको रुचिको क्षेत्र हो। उनका आदर्श गायक नारायण गोपाल र भक्तराज आचार्य हुन्।

उनकी बहिनी आध्या कार्की पनि प्रतियोगितामा सहभागी भएकी थिइन्। यद्यपि उनी अर्को चरणमा पुग्न नसके पनि आफ्नो प्रस्तुतीबाट सबै कोचको प्रशंसा बटुल्न सफल भइन्।