दियाको ‘मधुर’ गितीसंग्रह बजारमा

फागुन, काठमाडौं । नवगायिका दिया पोखरेलको आधुनिक गीति संग्रह ‘मधुर’ बजारमा आएको छ । केहि दिनअघि राजधानीमा एक कार्यक्रमका बिच बिमोचन गरीएको सो गीति संग्रह सांसद दिवानसिंह विष्ट, गायक तथा नायक यसकुमार, भानुप्रताप ढकाल, निर्माता विष्णु लामिछाने  र गायिका पोख्रेलले संयुक्त रुपमा विमोचन गरेका थिए ।

एल्बममा ‘तिम्रै नाम तिम्रै नाम’, ‘तिमी पनि त पराई भयौ’ र ‘मेरो लर्के जोवन’ जस्ता गीतहरु समावेश गरिएको छ । गीतमा दियाको साथमा मनोजराजको पनि स्वर रहेको छ । ‘तिम्रै नाम’ मा मनोज राजको शब्द, सुभाष भुषालको संगीत छ भने ‘तिमी पनि पराई’ मा शब्द संगीत मञ्जील महोहन कार्कीको छ । सोही एल्बममा समावेश अर्काे ‘मेरो लर्के जोवन’मा शब्द संगीत विपिन आचार्यको छ ।

‘तिम्रै नाम तिम्रै नाम’ को गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ ।

विमोचन कार्यक्रममा सहभागी बक्ताहरुले नवगायिका भए पनि पोख्रेलको गीतले नेपाली सांगीतिक आकासमा नयाँ आयाम थप्ने बताए । उनीहरुले नयाँ कलाकार भए पनि गीत संगीत नयाँ जस्तो नभएको बताएका थिए ।