कंगनालाई बलिउड छोड्न भन्दैछन करण, आखिर किन त ?

फागुन ,काठमाडौं। बलिउडका चर्चित निर्माता करण जोहरले कंगना रनावतलाई बलिउड छोड्न सल्लाह दिएका छन्। केही समयअघि करणको टेलिभिजन शो ‘कफि विथ करण’ मा पुगेकी  कंगनाले  फिल्म इन्डष्ट्रीमा स्टारका छोराछोरीलाई चिनजानको आधारमा पहिलो फिल्म पाउन गाह्रो नपरेपनि यहाँ टिकिरहनका लागि भने  निकैनै मिहिनेत गर्नुपर्ने जाहेर गरेकी थिईन्।त्यसै कार्यक्रममा उनले करण जौहरलाई ‘मुभी माफिया’ को संज्ञा पनि दिएकी थिइन् जसको जवाफमा जौहरले  कंगनालाई फिल्म इन्डष्ट्री नै छोड्ने सल्लाह दिएका छन् ।

साथै करणले इन्डष्ट्रीलाई हेर्ने कंगनाको नजर फरक भएपनि उनले भिक्टिम कार्ड छोड्नुपर्ने बताएका छन्। कंगनाले आफ्नो दुखी कथा बताउनका लागि हरेक पटक आफ्नो भिक्टिम कार्ड खेल्न  नसक्ने र सम्पुर्ण दोष इन्डष्ट्रीलाई दिन नपाउने जिकिर गरेका छन्।  साथै करणले इन्डष्ट्रीप्रति यस्तो गुनासो भएमा इन्डष्ट्री छोडेर अरु पेशा अपनाउँदा पनि राम्रो हुने बताएका छन्। एजेन्सी