‘इन्दु सरकार’को फर्स्ट लुकमा निलको यस्तो अवतार

...

<p><b>&nbsp; फागुन,काठमाडौं।</b>बलिउडका चर्चित निर्माता मधुर भन्डारकरद्धारा निर्मित फिल्म &nbsp;‘इन्दु सरकार’को फर्स्ट लुक सार्वजनिक भएको छ।जसमा अभिनेता निल नितिन मुकेशलाई अलग ढङगबाट देखाइएको छ। &nbsp;यसअघि फिल्मका् बारेमा कुनै चर्चा नआएपनि &nbsp;फर्स्ट लुकमा देखिएको निलको लुकले भने बलिउडमा निकै चर्चा कमाइ रहेको छ्। फिल्ममा अभिनेता निलले संजय गान्धी को भुमिका निर्वाह गरेका छन्। भारतीय मिडियाअनुसार फिल्म ‘इन्दु सरकार’ सन् १९७५ को संकटकालीन समयमा आधारित छ ।जब प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा २१ महिनाको इमरजेन्सी घोषणा गरेकी थिइन् ।</p><p>फिल्ममा अनुपम खेर, कृति कुल्हारी, निल नितिन मुकेशलगायतको मुख्य भूमिका रहेको छ्। मुम्बई, नयाँ दिल्ली, र पुणेमा सुटिङ गरिएको यस फिल्मले संकटकालिन समयको भारतको अवस्थालाई चित्रण गरेको मधुर भन्डारकरले बताएका छन्। रिलिज डेट फाइनल नगरिएता पनि फिल्म सन् २०१७ मा नै रिलिज हुने बताइएको छ ।एजेन्सी<br></p>