मुसहर बस्तीमा ठडिए धुर्मुस सुन्तलीले बनाएका घर, अब २५ प्रतिशत कामबाँकी (फोटो फिचर)

फागुन, काठमाडौं । महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको एकिकृत नमुना मुसहर बस्तीको ७५ प्रतिशतकाम सकिए लगत्तै घरहरु ठडिएका छन् । २ महिना अघिबाट सुरु भएको बस्तीमा घरले रुप पाएको हो । अहिले प्रत्येक घरमा निलो जस्ता हालीएको छ भने घरमा झ्याल ढोका हाल्न बाँकी छ ।

निर्माणाधिन मुसहर बस्तीको भित्ता उठाउने काम सकिएको छ भने छानो छाउने, बाटो घाटो सहित बिधुतिय काम र रङ्गरोगनको कामहरु अmभै पनि बांकि रहेको छ, फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस्)ले भने ।बस्ती निर्माणका लागि बिभिन्न संघ संस्था तथा ब्यत्तिगत रुपमा केही स्वमंसेवकहरु निरन्तर काममा खटिरहेका छन् ।

फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीले दिएको जानकारी अनुसार अहिलेसम्म फाउण्डेशनलाई २ करोड १० लाख अनुदान प्राप्त भएको छ । जसमा कृषि बिकाश बैंकमा रहेको १ करोड सहित फाउण्डेशनसंग ३ करोड १० लाख बराबरको सहयोग प्राप्त भएपनि उक्त रकम तिब्र गतिमा खर्च भईरहेको छ । लेखा अधिकृत खत्रीले जानकारि दिएअनुसार फाउण्डेशनले २ करोड १५ लाख भन्दा बढि रकम खर्च भईसकेको छ भने निर्माण सामाग्री खरिदको ९० लाख बराबर भन्दा बढि रकम भुत्तानी गर्न बांकि रहेको छ ।

गिराञ्चौरबाट बचेंको १ करोड सहयोग सहित फाउण्डेशनले करिव ३ करोड भन्दा बढी रकम निर्माण कार्यका लागि खर्च गरिसकेको छ । मुसहर बस्ती निर्माणका लागि अझै पनि थुप्रै सहयोगको आवश्यक रहेको फाउण्डेशनकि कुञ्जना घिमिरे(सुन्तली) ले जानकारी दिईन् । बस्ती निर्माणका लागि ४ करोड ७८ लाख लगानीको अनुमान गरिएपनि फाउण्डेशनलाई अझै उक्त रकम पुग्नका लागि १ करोड ६५ लाख भन्दा बढि सहयोग रकमको आवश्यकता छ । ‘रकम अभावका बिच पनि हामीले लगातार निर्माण कार्यलाई निरन्तरता दिइरहेका छौ’ फाउण्डेशनकि घिमिरेले बताईन् ‘आशा छ सबैले साथ र सहयोग गर्नुहुनेछ ।’