सन्नीको विषयको ट्वीटका कारण निर्देशक विवादमा

...

<p><b> फागुन, काठमाडौं।</b> बलीउडका चर्चित निर्देशक रामगोपाल वर्मा यतिवेला विवादमा फसेका छन्। बुधवार नारी दिवसको अवसरमा उनले सन्नी लियोनी लाई इंकित गर्दै ट्वीट गरेका थिए। जसका कारण उनी विवादमा पनि परेका छन्। ट्वीटमा उनले दुनियाका हरेक महिलाले पुरुष लाई सन्नी लियोनीले जतिकै खुसी राख्नुपर्ने भनेका थिए। उनको यस ट्वीटका कारण गोवामा उनको विरुद्दमा केश परेको छ। महिला अधिकारकर्मी&nbsp; विशाखा महाम्बरेले रामगोपाल माथि मुद्दा दर्ता गरेका हुन्।&nbsp;</p><p>वर्माको यस्तो ट्वीट पछि &nbsp;धेरैले उनी माथि आक्रोश पोखेका छन्।ट्वीटरमा उनलाई धेरैको प्रतिक्रियाको जवाफ दिनु परेको छ्।पछि उनले आफुले गरेको ट्वीट लाई गलत तरिकाले हेरिएको भन्दै सन्नीअरु महिला भन्दा ज्यादा इमानदार भएको बताएका छन्। एजेन्सी</p>