पुस्कल शर्माको तीज गीत ‘मै राम्री आहा’ सार्वजनिक

...

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक पुस्कल शर्माको यस बर्ष (२०८३)को तीज लक्षित गीत सार्वजनिक गरिएको छ । मै राम्री आहा बोलको गीत ६ दिन अघि युट्युवमा सार्वजनिक गरिएको छ । पुस्कलले आफ्नै युट्युवमार्फत गीतको भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा पुस्कल सँगै शान्तारानी परियारको स्वर छ । गीतमा शब्द, लय पुस्कलकै छ भने संगीत संयोजन गर्ने काम पुर्ण संयोगले गरेका छन् । गीतको भिडियोमा पनि गायक पुस्कलनै फिचर्ड छन् । उनीसँगै मोडल नारायणी खत्रीको पनि नृत्य देख्न सकिन्छ ।

स्मृति तिमल्सिनाको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो करन चैसिरले खिचेका हुन् । यस्तै सम्पादन गर्ने काम दिपक बिष्टले गरेका हुन् । भिडियो सार्वजनिक भएसँगै पुस्कलको धेरैपछि गीत आएको भन्दै प्रतिक्रिया आइरहेका छन् । युट्युवमा यो समाचार तयार पार्दासम्म १ लाख पटक हेरिएको छ । साथै अन्य प्लेटफर्ममा पनि गीतलाई लाखौं पटक हेरिएको छ ।