काठमाडौं । गायिका शान्ति शाही चन्द र गायक महेश कुमार आउजीको स्वरमा नयाँ देउडा गीत ‘छम घुघरु’ सार्वजनिक गरिएको छ । मौलिकपनले भरिएको गीतमा महेश कुमार र गौतम बिरहीको शब्द र संगीत रहेको छ । गीतमा गीत संयोजन गर्ने काम केशव बडुले गरेका छन् ।
गीतको भिडियोमा पनि देउडा नृत्य देख्न सकिन्छ । भिडियोमा गायिका शान्ति र गायक महेश कुमारसँगै अन्य टिमले अभिनय गरेका छन् । जसमा सुरेश कोहली, कबिता नेपाली, दिपा न्यौपाने, स्वागत शाही, हेमराज अधिकारी, नरेन्द्र प्रसाद जोशी र दर्शन जोशीको पनि अभिनय रहेको छ ।
प्रकाश खड्काको टिमले खिचेको भिडियो लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने बिक्रम चौहानले भिडियोको निर्देशन गरेका हुन् । भिडियो शान्ति शाही युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गायिका शान्तिले मौलिकता झल्किने खालकै काम गर्न रुचाउने बताएकी छिन् । उनले बिगतमा जस्तै यसपटक पनि आफ्नो गीतलाई दर्शकले मन पराउनेमा विश्वास राखेकी छिन् ।






७ भाद्र २०८३, आईतवार ०९:२२ 









